दफा १२क
काठको कारोबारमा कर लाग्ने
(१) राष्ट्रिय वनको काठ लिलामी छोडपूर्जी वा चिरान आदेश पाएको समयमध्ये जुन पहिले हुन्छ उक्त समयमा त्यस्तो काठको रोयल्टी रकम वा लिलाम रकममा जुन बढी हुन्छ त्यस्तो रकममा कर लगाई असुल उपर गरिनेछ।

(२) निजी आवादी निजी वन वा सामुदायिक वनको काठ व्यापारिक प्रयोजनको लागि बिक्री गरेमा रोयल्टी नलाग्ने भए पनि उपदफा (१) मा व्यवस्था भए बमोजिम राष्ट्रिय वनको काठ सरह नै कर लाग्नेछ ।